कीवर्डहरू -

सिस्टममा समस्या छैन्, ग्राहकको मोबाइल बैंकिङबाटै कारोबार भएको छः माछापुच्छ्रे बैंक

सिस्टममा समस्या छैन्, ग्राहकको मोबाइल बैंकिङबाटै कारोबार भएको छः माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकका अनुसार ग्राहकको गुनासो प्राप्त भएपछि अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर भएको देखिएको छ ।

बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओ.टी.पी. ग्राहक कै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुयाई उक्त कारोबार हुन नसक्ने देखिएको बैंकले जानकारी दिएको छ ।

‘यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको जानकारी गराउन चाहन्छौं,’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी 'अपनाउन हामी हाम्रा ग्राहक महानुभावहरू तथा सम्पूर्ण जनमानसमा हार्दिक अनुरोध गर्दछौं ।’