कीवर्डहरू -

विराटनगरमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला सम्पन्न

विराटनगरमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला सम्पन्न

विराटनगर । आइसिटी अवार्ड २०१९ को पूर्वसन्ध्यामा आयोजना भइरहेको आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको पहिलो श्रंखला विराटनगरमा सम्पन्न भएको छ ।

‘फ्युज मेसिन्स नेपाल आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फोसिस’ को नाममा यो मेला शुक्रबार र शनिबार विराटनगरस्थित होटल स्टर्न स्टारमा भएको हो ।

मेलाको दोस्रो तथा अन्तिम दिन आइसिटी कन्फ्रेन्स गरियो । कन्फ्रेन्समा स्टार्टअप र स्थानीय उद्यमीहरुका लागि चुनौती र अवसरका साथै एआई, आइओटी, साइबर सेक्युरिटी, ड्रोनलगायतका पछिल्ला प्रविधि र ट्रेन्डका बारेमा विभिन्न विषयविज्ञले सहभागीलाई सहजिकरण गरेका थिए ।

\"Image

कन्फ्रेन्समा एक सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । यसअन्तर्गत ५० भन्दा बढी स्थानीय निकायका प्रतिनिधिहरुको साथमा आइटी शिक्षक, स्टार्टअप र आइटीसम्बन्धी संघसंस्थाको सहभागिता रहेको थियो ।

त्यसैगरी मेलाको अवसरमा गरिएको सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवाको प्रदर्शनीमा ४० भन्दा बढी स्टल रहेका थिए । सो प्रदर्शनी हेर्न उल्लेख्य मात्रामा स्कुल कलेजका विद्यार्थीसहित सूचना प्रविधिप्रेमी युवा, व्यवसायी, उपभोक्तालगायत आएकाे जानकारी मेला संयाेजक राजन लम्सालले दिए ।

\"Image

‘फ्युज मेसिन्स नेपाल आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फोसिस’ को अर्काे श्रंखला आगामी प्रदेश ५ अन्तर्गत बुटवलमा जेठ १० र ११ गते मेला आयोजना हुने छ भने प्रदेश ३ अन्तर्गत जेठ १७ र १८ मा नारायणगढमा मेला आयोजना हुने छ ।

साथै यो मेलामा प्रदेश सरकार, विभिन्न सरकारी निकाय, आइटी कम्पनी, कलेज, आइटी कम्युनिटी, सञ्चारमाध्यमलगायतले सहयोग गरेका छन् ।

\"Image \"Image \"Image \"Image