अर्थ मन्त्रालयले क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ ।
सचिवस्तरीय निर्णयबाट अर्थ मन्त्रालयले जेठ ११ गते (बिहीबार) देखि जेठ १६ गतेसम्मका लागि एलएमबीआईएस प्रणाली बन्द गरेको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी अन्तिम चरणमा रहेको हुँदा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले १५ जेठ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्दैछ ।