कीवर्डहरू -

खैरेनीटार महोत्सवमा टिकट काट्नेमध्ये भाग्यमानी ३ जना दर्शकलाई पर्याे एलइडी टिभी

खैरेनीटार महोत्सवमा टिकट काट्नेमध्ये भाग्यमानी ३ जना दर्शकलाई पर्याे एलइडी टिभी

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा गत चैत २२ गतेदेखि वैशाख ३ गतेसम्म भएकाे एघारौँ खैरेनीटार महोत्सब २०७५ मा दर्शकले खरिद गरेकाे टिकेटबाट भाग्यशाली चिठा शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

खैरेनीटारमा आयोजना गरिएको कार्यक्रममा बजार इकाईका पदाधिकारीको उपस्थितिमा भाग्यशाली टिकट सार्वजनिक गरिएको हो

महोत्सव अवधिभर दर्शकले काटेको टिकेटबाट भाग्यशाली टिकट छनोट गरी पुरस्कृत गर्ने आयोजकको योजनाअनुसार शनिबार टिकट नम्बर ३२८६ प्रथम , टिकट नम्बर ११६६५ द्धितिय र २३३८१ तृतीय भएका छन् ।

भाग्यशाली चिठ्ठा बापत परेका विजेताहरुले क्रमश ३२ ,२२ र १९ ईञ्चको एलइडी टिभि पाउने छन् ।

पुरस्कार पर्ने व्यक्तिले टिकेट काटेको अर्धकट्टिसहित १५ दिनभित्र तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाइको कार्यलयमा सम्पर्क गर्न बजार ईकाईका सभापति तथा महोत्सव मुल संयोजक पूर्णबहादुर कायस्थले आग्रह गरे ।

-रेडियाे ढाेरबाराहीकाे सहयाेगमा