कीवर्डहरू -

महालक्ष्मी विकास बैंकले सुरू गर्‍यो क्रेडिट कार्ड सेवा

महालक्ष्मी विकास बैंकले सुरू गर्‍यो क्रेडिट कार्ड सेवा

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।

बैंकले शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् ।

उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन, अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न सक्नेछन् ।

कार्ड मार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल  भारत र भुटानमा सजिलै  प्रयोग गर्न सकिने जस्ता विशेषताहरू क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ ।