कीवर्डहरू -

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको फाइबर सेवा

जुम्ला र कालीकोटमा  नेपाल टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्‍याउने उद्देश्यले ‘एनटी फाइबर’ को शुभारम्भ गरिएको हो ।

एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

‘फाइबर टू द होम’ ९एनटी फाइबर० सेवाको हाल उपलब्ध सेवाअन्तर्गत इन्टरनेटका साथै टेलिभिजन, टेलिफोन र मोबाइलमा डाटासमेत चलाउन सकिने उनले बताए।  ।

एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

कम्पनीले यसअघि कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको छ ।