कीवर्डहरू -

नेपालमा पहिलो पटक डिजिटल बैकिङ्ग सम्बन्धी कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी

नेपालमा पहिलो पटक डिजिटल बैकिङ्ग सम्बन्धी कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी

फिनटेक सेन्टर नेपालले असार १ गते डिजिटल बैंकिङ सम्बन्धि वर्कशप आयोजना गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था वरिष्ठ कार्यकारीहरूलाई लक्षित गर्दै डिजिटल बैंकिङ वर्कशप आयोजना गर्न लागिएको हो ।

वर्कशप असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।

डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने कार्यशाला गर्न लागेको फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलन राज नेपालीले जानकारी दिए । नेपालमै पहिलो पटक डिजिटल बैंकिङ सममबन्धि कार्यशाला गर्न लागेको आयोजकको दावी छ ।

नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाता सहभागी हुन सक्ने छन् ।

यो कार्यशालामा सहभागी हुन् ३५ हजार रूपैयाँ प्लस भ्याट शुल्क तिर्नुपर्ने छ । यो शुल्कमा लञ्च, रिफ्रेसमेन्ट, तालिम, टुलकिट र प्रमाणपत्र लगायका सबै सुविधा पाइने छ ।

कार्यशालाको स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट  विवेक राणा रहेका छन् । यदी तपाई पनि डिजिटल बैंकिङ सम्बन्धि वर्कशपमा सहभागी हुन चाहनुहुन्छ भने fintech.org.np मा गएर वा [email protected] इमेल गरी आफुलाई रजिष्टर गर्न सकिने छ ।