कीवर्डहरू -

सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भए १४ हजार ८२ सहकारी संस्था 

सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भए १४ हजार ८२ सहकारी संस्था 

सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १४ हजार ८२ सहकारी संस्था आवद्ध भएका छन् ।

आईतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म कोपोमिसमा १४ हजार ८२ सहकारी संस्था आवद्ध भएका हुन् ।

गत असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था उक्त प्रणाली आवद्ध भएका थिए ।

कोपोमिस सहकारी गतिविधिलाई विश्वश्नीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्यांकको लागि विकास गरिएको अनलाइन प्रविधि हो ।