कीवर्डहरू -

सरकारले आज बजेट ल्याउँदै, सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण कार्यक्रम समेटिने

सरकारले आज बजेट ल्याउँदै, सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण कार्यक्रम समेटिने

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ ।

यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

बजेटमा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित विकासका पूर्वाधारहरुलाई महत्वपूर्ण स्थान दिइने बताइएको छ। यस्तै  बैंक, बजार र विज्ञान प्रविधिका विभिन्‍न आयामहरुमा थप स्मार्ट रुपले काम गर्ने गरी बजेट विनियोजन गर्ने लक्ष्य रहेको छ।

नेपाली वैज्ञानि तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागलाई ध्यान राखेर बजेटमा आविष्कार केन्द्रलाई बजेट छुट्याइएको बुझिएको छ। डिजिटल नेपालको फ्रेमवर्कलाई थप परिमार्जन गरी बजेट विनियोजन गर्ने सरकारको तयारी छ।

यस्तै शिक्षा क्षेत्रमा स्मार्ट स्कुल तथा स्मार्ट विद्यालयको अवधारणालाई थप मजबुत बनाउने सरकारको तयारी छ भने विश्वविद्यालयमा पनि ई-लर्निङको लागि थप बजेट छुट्याउने जनाइएको छ।

साथै ग्राणिम दूरसञ्चार कोषको रकम स्मार्ट विद्यालयमा लगानी गर्ने बजेटमार्फत निकासा गराउने सरकारले आउने बजेटमा उल्लेख गर्ने बुझिएको छ ।

सरकारको स्थानीय तह, प्रदेश र संघलाई डिजिटलाइज अभियान थालनी गर्नेगरी थप स्मार्ट र सरल बनाइने गरी रकम छुट्याइने बजेटमा उल्लेख हुने बताइएको छ ।