कीवर्डहरू -

१३ लाख १४ हजार थान बढी ई-पासपोर्ट जारी

१३ लाख १४ हजार थान बढी ई-पासपोर्ट जारी

१३ लाख १४ हजार थान बढी विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरिएको छ ।  चालु आर्थिक वर्षको फागुसम्म १३ लाख १४ हजार थान बढी ई-पासपोर्ट जारी गरिएको हो ।

२०७८ मंसिर १ गतेदेखि सरकारले ई-पासपोर्ट जारी गर्न सुरू गरेको थियो । अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशीनियोगबाट ई-पासपोर्ट जारी भइरहेको छ ।

राहदानी विभागमा हाल दैनिक करिब ६ हजार ई-पासपोर्ट छपाइ भइरहेका छन् । राहदानीका लागि विभागले प्रत्येक दिन १८०० अनलाइन आवेदन लिने गरेको छ ।