कीवर्डहरू -

लेनोभोको एम ९ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक

लेनोभोको एम ९ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक

लेनोभोले विद्यार्थीलाई ध्यानमा राख्दै सस्तोमा लेनोभो ट्याब एम ९ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक गरेको छ । भर्खरै लन्च गरिएको ट्याब्लेट दुई भेरियन्टमा सार्वजनिक भएको छ ।

पहिलो भेरियन्ट एलटीई सेलुलर कनेक्टिभिटी सुविधाको साथ आउँदछ भने दोस्रो वाइफाइ मोडलको साथ आउँछ ।यसमा ९ इन्चको डिस्प्ले, मिडियाटेक हेलियो प्रोसेसर, डल्बी एटमस अडियो जस्ता धेरै शक्तिशाली सुविधाहरू छन् ।

लेनोभोको ट्याब एम ९ एन्ड्रोइड १२ मा चल्छ र कम्पनीले ट्याब्लेटका लागि तीन वर्षको सुरक्षा अपडेट र एउटा एन्ड्रोइड ओएस अपडेट दिने वाचा गरिरहेको छ ।

यसमा ९ इन्चको एचडी एलसीडी टिएफटी डिस्प्ले ४०० निट्सको पीक ब्राइटनेस रहेको छ। डिस्प्लेले टियस्ूभी रेनल्याण्ड (आँखा हेरचाह प्रमाणपत्र पनि प्राप्त गरेको छ ।

ट्याब्लेट अक्टा–कोर मिडियाटेक हेलियो जि ८० एसओसी चिपसेट द्वारा संचालित छ जसमा ४ जीबी सम्म एलपीडिआर ४ एक्स र्याम छ । लेनोभो ट्याब एम ९ मा ५१०० एमएएच ब्याट्री रहेको छ जसमा १५ वाट फास्ट चार्जिङ रहेको छ ।

ट्याबमा १३ घण्टासम्मको भिडियो प्लेब्याक, १५ घण्टासम्म म्युजिक प्लेब्याक र १२ घण्टासम्म वेब ब्राउजिङ समय प्रदान गर्ने दाबी गरिएको छ ।

लेनोभोले ट्याब एम ९ मा अटोफोकससहित ८ मेगापिक्सेलको रियर क्यामेरा उपलब्ध गराएको छ । यसको अगाडि २ मेगापिक्सेल सेल्फी सेन्सर छ ।

यसमा ४ जी एलटीइ , वाइफाई ८०२.११ एसी, ब्लुटुथ ५.१, एक हेडफोन पोर्ट, र एक यूएसबी टाइप–सी पोर्ट समावेश छ। यो गूगल टिभी, नेटफिल्क्स र युटुयुब किड्ससँग प्रिलोड गरिएको छ । यसले प्रमाणीकरणका लागि फेस अनलक सुविधालाई पनि समर्थन गर्दछ ।