कीवर्डहरू -

सरकारले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने

सरकारले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने

सरकारले मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिइने छ ।

यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने, कार्यकुशलता वृद्धि हुने, पारदर्शी र सुशासन प्रवर्द्धन भइ प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा गरिएको उनले बताए ।