कीवर्डहरू -

सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाइने

सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाइने

सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योगले गरेको विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइने उनले बताए ।