सरकारले विद्युतीय हाटबजारमार्फत घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु बजारिकरण गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
विद्युतीय हाटबजारमार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु बजारीकरण गरिने बताइएको छ ।