कीवर्डहरू -

फोनमा स्टोरेज कम छ भने वेबसाइट बाटै खेल्नुहोस गेम

फोनमा स्टोरेज कम छ भने वेबसाइट बाटै खेल्नुहोस गेम

काठमाडौं। तपाईहरुलाई गेम कतिको मन पर्छ। के तपाई आफ्नो फोनमा स्टोरेज कम भएर गेम खेल्न सक्नु भएको छैन। यदि त्यसो हो भने अब तपाई डाउनलोड नगरेर अनलाइन बाटै वेबसाइटमा गेम खेल्न सकिने छ।

यस्ता छन ति वेबसाइट

१  पोगो डटकम  -  यो वेबसाइटबाट तपाईले प्लान्ट भर्सेस जाम्बिज स्क्रयाबल आरपी पजल जस्ता गेमहरु खेल्न सक्नु हुन्छ। यसमा कुनै गेम खेल्न साइनअप गर्नुपर्ने र बिचमा विज्ञापन आउने भएकाले गेम खेल्दा समस्या हुन सक्छ।

२ मिनिक्लिप डटकम -  यसमा ब्याटल रोयल गेम निशुल्क खेल्न सकिन्छ। साथसाथै अन्य गेम पनि यसबाट खेल्न सकिन्छ। यसमा ठुलो साइज भएकाले गेम लोड हुन समु लाग्छ र गेमको स्पीड पनि कम हुन्छ।

३ एगेम डटकम  - यो वेबसाइटमा पनि गेमहरु खेल्न सकिन्छ। यसमा गेम खेल्दा आउने विज्ञापनलाई स्किप गर्न सकिन्छ।  यो

४ एडिक्विटिङ गेम्स डटकम  - यसमा रजिस्ट्रेसन गरेर गेम खेल्न सकिन्छ। यसमा पनि बिच मा विज्ञापन आउने भएकाले गेम खेल्दा समस्या हुन सक्छ।

५ कङग्रिगेट डटकम - यसमा म्युजिक, सुटर, रेसिङ, याक्टिङका गेम खेल्न सकिन्छ।

६ फग डटकम - यसमा लोजिक गेम, मोटरबाइक गेम, स्निपर गेम खेल्न सकिन्छ।

७ एओएल डटकम - यसमा तास, पजल, बार्ड जस्ता गेम हरु खेल्न सकिन्छ।

८ गेमहाउस डटकम - यसमा टाइम म्यानेजमेन्ट, कार्ड, पजल, मह्याङगो षअन्य धेरै गेम खेल्न सकिन्छ। यसमा ६० मिनेट सम्म मात्र निशुल्क गेम खेल्न सकिन्छ। यो भन्दा बढि खेल्न सब्सक्रिप्सन गर्नुपर्छ। जसमा हजार भन्दा बढि गेम हरु छन। यसमा हरेक हप्ता नयाँ गेम आउछन। सब्सक्रिप्सन गर्न ११ डलर प्रति महिना तिर्नुपर्छ।

९ एटेन डटकम - यसमा ड्राईभिङ, सुटिङ, एडभेन्चर, खेलकुदका गेम खेल्न सकन्छ।

१० आरमर गेम्स डटकम - यसमा किङगडम रुस सहित अन्य गेम पनि खेल्न सकिन्छ। अहिलेसम्म यसमा ४६ मिलियन पटक गेम खेलि सकिएको छ। यसमा गेम खेल्न खाता खोल्नु पर्ने हुन्छ।