कीवर्डहरू -

एमडीएमएसमा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने

एमडीएमएसमा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

२०८० जेठ १५ गतेसम्म नेपालमा प्रयोगमा रहेका तर विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोन २०८० असार मसान्तसम्ममा एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने व्यवस्था मिलाएको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले यही जेठ १ गतेदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइसकेको छ ।