कीवर्डहरू -

भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने

भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने

भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाई भन्सार जाँचपास प्रणालीलाई सरल र पारदर्शी बनाइनेछ। मालवस्तु तथा यात्रुको जाँचपासमा आधुनिक उपकरणको प्रयोग बढाउँदै लगिनेछ।’