कीवर्डहरू -

एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक

एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई  निरन्तरता दिएको छ  ।

कम्पनी नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली,  केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गरेको छ । योसँगै देशभर कूल आउटलेटको सङ्ख्या १०४ पुगेको छ ।

त्यस्तै ग्राहकले अब कार्यालय नै नपुगी क्लासिक टेक एपमार्फत इन्टरनेट सम्बन्धी गुनासो, सापटी , महसुल भुक्तानी लगायत अरू सुविधाहरू लिन सक्नेछन् । झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन  अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको  छ ।