कीवर्डहरू -

हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक

हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक

नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घरमै स्वास्थ्य सेवा दिने उद्देश्यका साथ मेडिमार्ट सुरू भएको हो ।

यसबाट बेबी केयर, मेडिकल टूल, ब्यूटी केयर, जिम डायट र अरु विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिद गर्न सकिने छ ।

उपभोक्ताहरुले मेडिमार्ट सार्वजनिक भएको अवसरमा जेठको १६ गतेदेखि ३१ गतेसम्म स्वास्थ्य उपकरण, बेबी केयर प्रडक्ट, सौन्दर्य प्रडक्ट र जिम डाइटहरूमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

पहिलो डेलिभरीमा क्यासपोइन्टको रुपमा थप ५ प्रतिशत छुट पनि रहेको छ, जसलाई अर्काे पटक सामान खरिद गर्दा प्रयोग गर्न सकिनेछ ।

मेडिमार्ट डटकममा सामान खरिद गर्दा सामान पाएपछि भुक्तानी गर्ने वा फोनपे, ईसेवा र खल्ती जस्ता डिजिटल भुक्तानी माध्यमहरुबाट सामान खरिद गर्न सकिने छ ।