कीवर्डहरू -

आइएमई पेले प्राप्त गर्‍यो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण

आइएमई पेले प्राप्त गर्‍यो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले  ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ ।

योसँगै आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ।

स्थापनाकालदेखि सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात् नवीकरण गरिने कम्पनीले जनाएको छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नवीकरण गरेको जनाइएको छ ।

आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहक वर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनीयता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको बताएको छ ।