काठमाडौं। फेसबुकको स्वामित्व रहेको लोकप्रिय एप ह्वाटसएपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक अनुसन्धानले जनाएको हो।
फेसबुकले समेत जासुसी सफ्टवेर इन्स्टल भएको स्वीकार गरेको छ। वेलायती अखबार फाइनान्सियल टाइम्सको अनुसन्धानमा जासुसी सफ्टवेर इन्स्टल भएको देखिएको हो।
यो जासुसी सफ्टवेर इजरायलमा निर्माण भएको अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार ह्वाटसएपमा कल गरेपछि यदि फोन उठेन भने त्यो जासुसी सफ्टवेर आफैं इन्स्टल हुने बताइएको छ।
फेसबुले आफ्नो सुरक्षा र गोपनियतालाई सुरक्षित गर्नका लागि ह्वाटसएपको नयाँ भर्सन डाउनलोड गर्न अनुरोध गरेको छ।
आईसीटी समाचार