कीवर्डहरू -

भर्चुअल रूपमै सञ्चारमन्त्रीलाई अब सुझाव र गुनासा टिपाउन सकिने, यस्तो छ तरिका 

भर्चुअल रूपमै सञ्चारमन्त्रीलाई अब सुझाव र गुनासा टिपाउन सकिने, यस्तो छ तरिका 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अब भर्चुअल संवाद गरेर सुझाव र गुनासो टिपाउन सकिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले  कार्य सम्पादनलाई प्रभावकारी बनाउन मन्त्री रेखा शर्मासँग भर्चुअल संवाद गर्न सकिने व्यवस्था गरेको हो ।

मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासोलाई सहज रूपमा प्राप्त गर्न भर्चुअल संवादको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ ।

कसरी गर्ने भर्चुअल संवाद ?

सुरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट मा जानुहोस् । त्यसपछि वेबसाइट खुल्छ र स्क्रोल गर्दै तलतिर जानुहोस् । तर तपाईले मन्त्रीसँग भर्चुअल संवाद भन्ने विकल्प देख्न सक्नुहुनेछ ।

त्यसपछि त्यहाँ मन्त्रीलाई आफ्नो कुरा लेख्नुहोस् भन्ने ठाउँमा क्लिक गरेर वा यहाँ क्लिक गरेर पनि सोझै सुझाव वा गुनासो टिपाउन सक्नुहुनेछ ।

सुझाव वा गुनासो टिपाउँदा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना, इमेल र सन्देश लेखेर क्याप्चा कोड राखेर पठाउन सकिने छ ।