कीवर्डहरू -

एप्पलका डिभाइसमा नयाँ सुरक्षा अपडेट, कम्युनिकेसन सेफ्टीदेखि लकडाउन मोडसम्म

एप्पलका डिभाइसमा नयाँ सुरक्षा अपडेट, कम्युनिकेसन सेफ्टीदेखि लकडाउन मोडसम्म

एप्पलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा एप्पल डिभाइसहरूको लागि नयाँ सुविधाहरू घोषणा गरेको छ । प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षा सुधार गर्न नयाँ सुविधाहरू ल्याइएको हो ।

कम्पनीले आइफोनदेखि एप्पल टिभीसम्ममा नयाँ फिचरहरू ल्याएको छ । नयाँ फिचरहरूमा लिंक ट्याकिङ प्रोटेक्सन, लकडाउन मोड, कम्प्युनिकेस सेफ्टी, नेमड्रप, संवेदनशील सामग्रीमा चेतावनी लगायतका विभिन्न सुविधाहरू ल्याएको छ ।

यी प्राइभेसी फिचर आइओएस १७, आइप्याड ओएस १७, टिभिओएस १७ मा आउनेछन् । एप्पलले आफ्ना डिभाइसका लागि  नयाँ गोपनीयता र सुरक्षा सुविधाहरू यस प्रकार छन् ।

सफारी ब्राउजिङमा थप सुविधा

एप्पलले सफारी प्राइभेट ब्राउजिङका लागि नयाँ अपडेट ल्याएको छ । प्रयोगमा नभएको समयमा निजी ब्राउजिङले अब विन्डोजलाई लक गर्ने एप्पलले बताएको छ ।

यसबाट, प्रयोगकर्ताहरूले ब्रेक लिएर पनि ट्याबहरू खुला राख्न सक्नेछन् । प्रयोगकर्ताहरूले नयाँ इम्बेड फोटो पिकरको सहयोगमा एपसँग एउटै फोटो सेयर गर्न सक्नेछन् । थप रूपमा, प्रयोगकर्ताको पुस्तकालय लक रहनेछ ।

लिङ्क ट्र्याकिङ प्रोटेक्सन फिचर

एप्पलले आफ्ना प्रयोगकर्ताहरूका लागि लिङ्क ट्र्याकिङ प्रोटेक्शन फिचर ल्याएको छ । यो सुविधा सन्देश, मेल, सफारी निजी ब्राउजिङका लागि ल्याइएको हो । यस सुविधाको मद्दतले, वेबसाइटहरूले यूआरएलको मद्दतले अन्य वेबसाइटहरूमा प्रयोगकर्ताहरूलाई ट्र्याक गर्न सकिदैन् ।

कम्युनिकेसन सेफ्टी सुविधा

कम्युनिकेसन सेफ्टी फिचरले साना बालबालिकाहरूलाई अनुपयुक्त सामग्रीबाट जोगाउन मद्दत गर्छ। नयाँ एपीआईको सहयोगमा, विकासकर्ताहरूले आफ्नो एपहरूमा यो सुविधा थप्न सक्नेछन् ।

यो फिचरको सहायताले साना बालबालिकाको हातमा रहेको एप्पल डिभाइसबाट तस्बिरहरू पठाउने र प्राप्त गर्दा गलत सामग्रीबाट जोगाउन सकिन्छ । फिचरको मद्दतले अब फेसटाइम भिडियो सन्देश र एयरड्रप पनि सुरक्षित रुपमा गर्न सकिन्छ ।

पासवर्ड र पास कीमा नयाँ अपडेट के छ ?

प्रयोगकर्ताहरूले अब पहिले भन्दा धेरै सेक्योर पासवर्डहरूको लागि एउटा ग्रुप क्रियट गर्न सक्नु हुनेछ । यो ग्रुपमा पासवर्ड सेयर गर्न सकिन्छ । यस बाहेक ग्रुपका प्रत्येक सदस्यले पासवर्ड सम्पादन र अपडेट गर्ने सुविधा पनि पाउनेछन् ।

संवेदनशील सामग्रीको लागि चेतावनी उपलब्ध हुनेछ

एप्पल प्रयोगकर्ताहरूलाई संवेदनशील सामग्रीको लागि अग्रिम चेतावनी दिइनेछ । एप्पल प्रयोगकर्ताहरूले मेसेजहरू, एयरड्रप, फेसटाइम भिडियो मेसेजहरूमा र फोन एप प्रयोग गर्दा अनुपयुक्त सामग्री प्राप्त गर्दा यो चेतावनी देख्नेछन् ।

लकडाउन मोड के हो ?

एप्पल प्रयोगकर्ताहरूले अतिरिक्त सुरक्षा तहको लागि लकडाउन मोडको सुविधा पाउनेछन् । ह्याकरको निशानामा रहेका प्रयोगकर्ताहरूका लागि लकडाउन मोडको प्रयोग फाइदाजनक हुनेछ ।

एप्पलको लकडाउन मोड प्रयोगकर्ताहरूलाई जासुसीबाट बच्न उपयोगी हुनेछ । यो सुविधा अब वाचओएस सहयोगसंग ल्याइएको छ ।

नेमड्रप सुविधा के हो?

प्रयोगकर्ताहरूका लागि नयाँ एयरड्रप अनुभवका लागि नेमड्रप फिचर ल्याइएको छ । यो सुविधाको मद्दतले प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूलाई अतिरिक्त सुरक्षाका साथ कन्टेन्ट सेयर गर्न सक्नेछन् ।