कीवर्डहरू -

एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता

एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता भएको छ।

जसमा एनआईसी एशिया बैंकका ग्राहकले  बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने छन।

एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधान बिच उक्त सम्झौता भएको हो।