कीवर्डहरू -

गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड 

गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड 

कुनै पनि लेख वा पोष्ट लेख्नुअघि, तपाईलाई एउटा उत्तम कि-वर्ड चाहिन्छ, जसको मद्दतले तपाईले आफ्नो पोस्टलाई गुगलको सर्च रिजल्टमा सबैभन्दा पहिला देखाउन सक्नुहुन्छ ।

कि-वर्ड अनुसन्धान अनलाइन मार्केटिङको एक महत्वपूर्ण टूल हो । यदि तपाईंले कि-वर्ड राम्रोसँग खोज्न सक्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सक्दैन ।

तपाईले कि-वर्ड अनुसन्धानको लागि धेरै उपकरणहरू अनलाइन पाउनुहुनेछ । सुवातमा तपाई कुनै पनि उपकरण प्रयोग नगरी सजिलै कि-वर्डहरू फेला पार्न सक्नुहुन्छ । गुगललाई संसारको सबैभन्दा ठूलो सर्च इन्जिन मानिन्छ । जब हामीलाई कुनै जानकारी चाहिन्छ, तब हामी सर्वप्रथम गुगलमै गएर खोज्ने गर्दछौँ ।

हामीजस्ता लाखौं मानिसहरू छन् जसले आफ्ना प्रश्नहरूको जवाफ पाउन गुगलको मद्दत लिने गर्छन् । अनि आफ्ना प्रश्नको जवाफ पनि पाउँछन् ।

गुगल र्‍याकिङमा आफ्नो पोस्टलाई माथि ल्याउनका लागि लङ टेल कि-वर्डले पनि सहयोग पुर्याउने गर्दछ । लङ टेल कि-वर्ड भनेको २–४ शब्दका वाक्यांशहरू हुन् । छोटो कि-वर्डहरूको तुलनामा यी कि-वर्डलाई क्रमबद्ध गर्न धेरै सजिलो छ । किनभने तिनीहरू प्रयोगकर्ताका प्रश्नहरूको सीधा जवाफ दिन्छन्  ।

ब्लगिङका लागि निःशुल्क कि-वर्ड रिसर्च टूल “गुगल कि-वर्ड प्लानर” हो । गुगल कि-वर्ड प्लानर एक कि-वर्ड अनुसन्धान उपकरण हो । यो टूल गुगल द्वारा उपलब्ध गरिएको हो ।

यस उपकरण मार्फत, तपाइँ सजिलै कि-वर्ड पाउन सक्नुहुन्छ । गुगल कि-वर्ड प्लानर गुगलको प्रडक्ट हो ।  गुगलको उत्पादन भएकोले, तपाईले कि-वर्डको प्रतिस्पर्धा र सर्च भोल्युमको डाटा एक्स्ट्र्याक्ट यस टूल मार्फत प्राप्त गर्न सकनुहुनेछ ।

गुगल कि-वर्ड प्लानरको इन्टरफेस धेरै सरल छ, जसको कारण यो प्रयोग गर्न धेरै सजिलो हुन्छ । आज हामी कुनै पोष्ट वा सामाग्रीका लागि कि-वर्ड प्राप्त गर्न गुगल कि-वर्ड प्लानर कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी दिदैछौँ ।

गुगल कि-वर्ड प्लानरमा अकाउन्ट कसरी बनाउने ?

कि-वर्ड प्लानर वास्तवमा गुगल एडभित्र पर्दछ । त्यसकारण हामीले पहिले गुगल एडमा हाम्रो अकाउन्ट बनाउनुहोस् ।यसपछि मात्र हामीले गुगल कि-वर्ड प्लानर प्रयोग गर्न सक्छौं । यसका लागि सबै भन्दा पहिले तपाई गुगलमा गएर गुगल कि-वर्ड प्लानर टाइप गर्नुहोस् ।

यसपश्चात गुगल कि-वर्ड प्लानरको आधिकारिक पेज तपाईको अगाडि आउनेछ र तपाईले यसमा क्लिक गर्नुहोस् । क्लिक गरेपछि तपाईले गो टू कि-वर्ड प्लानरको अप्सन देख्नुहुनेछ, यसमा क्लिक गर्नुहोस् ।

अब तपाई नयाँ पेजमा पुग्नहुनेछ जहाँ तपाईले आफ्नो जीमेल आइडीमा लगइन गर्नुहोस् । यहाँ तपाईंले आफ्नो जीमेल आइडी र पासवर्ड भरेर साइन इन गर्नुपहोस् । अब तपाईं कन्फर्म योर बिजनेश इन्फोरमेसन पेजमा आउनुहुनेछ । यहाँ तपाईंले सबमिटमा क्लिक गर्नुहोस् ।

अन्त्यमा तपाईंले एक्सप्लोर कि-वर्ड प्लानरमा क्लिक गर्नुहोस् । यसपछि तपाईंको अकाउन्ट क्रियट हुनेछ र तपाईं कि-वर्ड प्लानर ड्यासबोर्डको शीर्षमा आउनुहुनेछ ।

एडभान्स कि-वर्ड रिसर्च कसरी गर्ने ?

अब तपाईको खाता कि-वर्ड प्लानरमा बनिसकेको छ । अब यसलाई यसरी प्रयोग गर्नुहोस् । तपाईंले कि-वर्ड प्लानरको ड्यासबोर्ड माथि २ ओटा अप्सनहरू देख्नुहुनेछ ।

पहिलो विकल्प डिस्कभर न्यू कि-वर्ड हो र दोस्रो विकल्प गेट सर्च भोल्यूम एण्ड फोरकास्ट हो ।  सबैभन्दा पहिले, हामी स्टार्ट विथ कि-वर्ड अप्सनको सहयोगँंग अनुसन्धान गर्छौं ।

स्टार्ट विथ कि-वर्ड अप्सन

तपाईले यहाँ सर्च को विकल्प देख्नुहुनेछ । यहाँ तपाईंले आफ्नो विषयसँग सम्बन्धित कि-वर्डहरु लेख्नुहोस् । तपाई एकभन्दा बढी कि-वर्डहरु लेख्न सक्नुहुन्छ । थप कि-वर्डहरू लेखेर, तपाईसँग लङ टेल कि-वर्ड शब्द प्राप्त गर्ने मौका हुन्छ । कि-वर्ड टाइप गरेपछि, तपाईंले गेट रिजल्टमा क्लिक गर्नुहोस् ।

यति गरेपछि कि-वर्डको सूची तपाईंको अगाडि देखा पर्नेछ । अब केही सेटिङहरूको मद्दतले तपाई कि-वर्डहरूको सूचीलाई थप परिष्कृत गर्न सक्नुहुन्छ ।

तपाईंले कन्ट्री, ल्याङग्वेज र सर्च इन्जिनको विकल्प शीर्षमा देख्नुहुनेछ । तपाईंको कन्टेन्ट अनुसार यी अप्सनहरु मध्य छनौट गरेर कि-वर्ड प्राप्त गर्न सक्नुहुनेछ ।

यसबाट तपाईले आफ्नो लक्षित देश र भाषा अनुसार कि-वर्डहरू पाउनुहुनेछ । कि-वर्डहरू अझ राम्रो फिल्टर गर्न, तपाइँ छेउमा रिफाइन कि-वर्डका अप्सन देख्नुहुनेछ ।

यहाँ तपाई ब्रान्ड वा गैर-ब्रान्ड, सेवा, प्रक्रिया र प्रतिस्पर्धी अनुसार कि-वर्डहरूको सूची फिल्टर गर्न सक्नुहुन्छ । यति गरेपछि तपाइँको अगाडि फिल्टर गरिएको कि-वर्डको सूची आउने गर्दछ । सूचीमा, तपाईंले मन्थली सर्च, कम्पिटिसन र बिडहरूको विकल्पहरू प्राप्त गर्नुहुन्छ ।

तपाइँ प्रतिस्पर्धामा क्लिक गरेर कम प्रतिस्पर्धाको कि-वर्ड क्रमबद्ध गर्न सक्नुहुन्छ । त्यसै गरी तपाईं भोल्युमलाई पनि सर्ट गर्न सक्नुहुन्छ ।

दायाँ छेउको शीर्षमा तपाइले सिएसभीको अप्सन देख्नुहुनेछ । यस मार्फत तपाई कि-वर्डहरूको सूचीलाई सिएसभी फाइलको रूपमा सेभ गर्नुहोस् । कि-वर्ड अनुसन्धानको लागि सशुल्क कि-वर्ड रिसर्च टूल “ keywordtool.io ” हो ।