कीवर्डहरू -

थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण

थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएको ३७ वटा बिजुली बसहरु मध्ये ३४ वटा बस अझै सञ्चालनमा आउन नसकेको बताए ।

उनले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनहरु समेत नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘नेपाल सरकारले साझा यातायात सँगको सहयोगमा करिव ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरिएको थियो । जसमध्ये ३ वटा सञ्चालनमा आएको छ भने ३४ वटा अझै सञ्चालनमा आउन नसकेर पार्किङमा थन्किरहेको छ,’ उनले भने ।

छोरो पाउने कहिले, भोटो सिउने अहिले उखानको उदाहरण दिदै शाहले बिजुली बस आइसक्दा पार्किङ र चार्जिङ स्टेशन नभएको बताए ।

उनले भने, ‘बिजुली बस गुड्न तयार छ । गुडाउने रुट पर्मिट छैन । सर्वसाधारण दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य छन् । तर हामी भने सफा, सुविधासम्पन्न विद्युतिय बसलाई थन्क्याएर राखिराखेका छौँ ।’