कीवर्डहरू -

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य

नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

ओएसआर डिजिटलका विभिन्न एक्सकुलुसिभ कन्टेन्टहरू अब डिशहोमको पे पर भ्यु र एक्सकुलुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

यसबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सकुलुसिभको मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।