सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक महिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिनिजडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापा रहेकी छिन्। उनलाई प्रहरीको साइबसर ब्यूरोले स्याङ्जाबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप भई अनुसन्धान भइरहेकफ नेपाल प्रहरीको साइबर ब्यूरोका उप-निर्देशक पशुपति कुमार रायले बताए।