कीवर्डहरू -

ग्लोबल स्मार्ट प्लसबाट लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल स्मार्ट प्लसबाट लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।

बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउनेछन् ।

यो योजना सिमित अवधिको लागि लागू रहने छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।