नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याइएको छ ।
यस अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ ।
यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
क्यासब्याक आफूले रिचार्ज २४ घण्टा भित्र इसेवा वालेटमा जम्मा हुनेछ । कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो, जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ ।
यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन् । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।