कीवर्डहरू -

एनसेलले सम्मान गर्‍यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला

एनसेलले सम्मान गर्‍यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला

एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट आएको कर विवादसम्बन्धि मुद्दाको फैसलालाई सम्मान गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै एनसेलले न्यायाधिकरणको निणर्यलाई सम्मान गर्ने र निणर्यका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको जानकारी दिएको हो ।

‘आजियाटा न्यायाधिकरणको निणर्यलाई सम्मान गर्दछ र निणर्यका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिनेछन् । आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झै रचनात्मक रुपमा संलग्न रहनेछ ।’

नेपाल विरूद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रुपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (“आईसीएसआईडी”) ले आफ्नो मध्यस्थताका लागि निवेदन दिएको थियो ।

आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६ मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निणर्य दिएको छ । न्यायाधिकरणले आफ्नो निणर्यमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको भनाइ छ ।

मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ । यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि  करिब १४ लाख अमेरिकी डलर रहेको छ । यो निणर्य अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी नरहेको एनसेलले जनाएको छ ।

देशको एक ठूलो करदाताका रुपमा एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब  योगदान गरेको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाख भन्दा बढि ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूणर् भनेर पहिचान गरिएका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरुमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरिसकेको छ ।