कीवर्डहरू -

एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्ला

एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्ला

एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजी जेडएस ईभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएतापनि एमजीको यस मोडलको गाडीको मूल्य ५२.९९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । बजेट भाषण अगाडि यस गाडीको मूल्य ५२.४९ लाख रुपैयाँ रहेको थियो ।

प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकले अझै पनि पुरानो मूल्यमा गाडी खरिद गर्न सक्ने  जनाएको छ ।

एमजी जेड एस. ईभी (डिलक्स) डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू गरी पाँच रंगमा उपलब्ध हुनेछ ।