कीवर्डहरू -

मासिक ६९९ रूपैयाँमा १०० एमबिपिएसको इन्टरनेट, जडान र डुअल ब्याण्ड राउटर निःशुल्क 

मासिक ६९९ रूपैयाँमा १०० एमबिपिएसको इन्टरनेट, जडान र डुअल ब्याण्ड राउटर निःशुल्क 

अब मासिक ६९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट पाइने भएको छ । इन्टरनेट सेवा प्रदायक ओयसिस ब्रोडब्याण्डले यस्तो अफर ल्याएको हो ।

यो अफर एक वर्षको प्याकेज लिने ग्राहकहरूलाई मात्रै लागु हुने कम्पनीले जनाएको छ । कर बाहेक १०० एमबिपिएस प्याकेजको मूल्य मासिक ६९९ रूपैयाँभन्दा कम पर्न आउने ओयसिसले जानकारी दिएको छ ।

करसहित ८ हजार ७९० रूपैयाँमा एक वर्षको १०० एमबीपीएसको प्याकेज उपलब्ध हुनेछ । यस अन्तर्गत जडान र डुअल ब्याण्ड राउटर निःशुल्क पाइने छ ।

ओयसिसको सेवा अहिले काठमाडौं उपत्यकामा मात्रै उपलब्ध रहेको छ । अब विस्तारै काठमाडौं उपत्यका बाहिर जाने कम्पनीको भनाइ छ ।

कम्पनीले नेट टिभीसँगको सहकार्यमा आईपीटिभी सेवा समेत दिदै आएको छ । सस्तो र गुणस्तरीय इन्टरनेट दिने योजनासहिर अगाडि बढेको ओयसिसले जनाएको छ ।