कीवर्डहरू -

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै शिलन्यास प्रधानमन्त्रीबाट

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै शिलन्यास प्रधानमन्त्रीबाट


काठमाडौं। नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा विस्तार गर्न लागेको अप्टिकल फाइबर प्रधानमन्त्ती केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे शिलान्यास गर्दै छन।

गोरखाको गल्छी गाउँपालिकाको मासटारमा उनले शिलान्यास गर्ने कार्यक्रम रहेको छ।  प्रदेश १ ,२ र ३ मा फाइबर विस्तार गर्न नेपाल टेलिकमलाई ४ अर्ब ८८ करोडमा जिम्मा दिएको छ।

गण्डकी प्रदेश र प्रदेश ५ मा यूटिएलले फाइबर विस्तारको जिम्मा पाएका छन। भने कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले फाइबर विस्तारको जिम्मा पाएको छ।

अप्टिकल फाइबर बाट उच्च गतिको इन्टरनेट प्राप्त गर्न सकिने छ। अप्टिकल फाइबर विस्तारले डिजिटल नेपाल अभियानलाई सहयोग पुग्नेछ।