कीवर्डहरू -

सनराइज बैंकका ग्राहकलाई क्युआर स्क्यान गरेर केएफसी र पिज्जा हटमा भुक्तानी गर्दा छुट

सनराइज बैंकका ग्राहकलाई क्युआर स्क्यान गरेर केएफसी र पिज्जा हटमा भुक्तानी गर्दा छुट

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट–क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको हो ।

यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिजा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासब्याक पाउने छन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ ।