कीवर्डहरू -

नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने 

नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने 

नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आवद्ध भएका हुन् ।

यसले क्युआर भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी सञ्चालनमा ल्याइएको हो ।

क्युआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।

२३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायकबाट व्यावसायिक ग्राहकहरूले नेपाल पे क्युआरमा आबद्ध हुन सक्छन्।

यस बाहेक २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटका प्रयोगकर्ताले नापल पे क्युआर स्क्यान गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्छन् ।