कीवर्डहरू -

प्रभु बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने

प्रभु बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।