कीवर्डहरू -

अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ

अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ

प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको प्रचार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

बल्छि धुब्रेलेर आफ्नो युट्युब च्यानलबाट नेपालमा प्रतिबन्धित अनलाइन बटिङ साइट वानएक्स बेटको प्रचार गर्ने गरेका थिए ।

नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ मौलाउँदै गएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपरेसन नै चलाएको छ । बुधबारमात्रै कार्यालयले सट्टेबाजीमा संलग्न ५ जनालाई सार्वजनिक गरेको थियो ।