कीवर्डहरू -

नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ 

नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ 

नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोले कञ्चनपुरका १८ वर्षिय विनोद सुनारलाई पक्राउ गरेको हो ।

उनले पीडितको नाम र तस्विरसहितको नक्कली प्रोफाइलबाट दुइ जना बीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्विर र भिडियोमा जोडी, पीडकले नाबालिकाको दिदी लगायत आफन्तहरूलाई पठाई समाजमा उनको बदनाम, बेइज्जत गरी चरित्रहत्या गरेका थिए ।

लकडाउनको समयमा अनलाइन कक्षा लीन खोलेको सामाजिक सञ्जाल मार्फत मित्रताका लागि आएको अनुरोध –फ्रेण्ड रिक्वेस्ट) उनले नाबालिकालाई पठाएका थिए । चिनजानकै मानिस होलान् भनि पीडितले पनि स्वीकार गरिन् ।

कुराकानी को क्रममा निज पीडकले म्यासेजिङ एप मार्फत पठाएको प्रेम प्रस्ताव स्वीकार गरी दुई बिच बोलचाल हुँदै जाँदा निजले नाबालिकालाई आफ्नो गोप्य अंग देखाई भिडियोकल गर्न दवाव दिने गरेको पीडितको भनाइ छ ।

पीडकले भने बमोजिम नगरे प्रेम सम्बन्धको बारेमा पीडितको बुबा, आमा लगायत सम्पूर्ण आफन्तहरूलाई बताई दिन्छु भनि धाक धम्की दिएपछि पीडितले साइबर ब्यूरोमा निवेदन दिएकी थिएन् ।

निवेदन दिएपछि कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वडा नं. ०४ बस्ने १८ वर्षिय विनोद सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोगमा जेठ ३० गते कञ्चनपुरबाट पक्राउ गरिएको प्रवक्ता व्यूरोका पशुपति कुमार रायले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतको आदेशले दिन ५ (पाँच) म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

\"\"