कीवर्डहरू -

खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी     

खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी     

खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी भएको छ । यस साझेदारीले ई-स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी विभिन्न सुविधाका माध्यमबाट इ-स्पोर्ट्स को पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।

साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ ।

साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले इ-स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ-स्पोर्ट्स एसोसिएसन (NESA) सँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।

यस्तै नेपाल इ-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले नेपालमा इ-स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम भएको र निजी संस्थाहरूको सहयोगले ई-स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।