कीवर्डहरू -

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ

नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ’आइएमई’ र ’आइएमई पे’ ले आर्थिक सहयोग गर्ने भएको छ । श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जाँदै छिन् ।

विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु  पनि आरोहण गर्न लागेकी हुन् ।  ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ।

फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छन्।