कीवर्डहरू -

१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल

१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल

इन्टेलले यस वर्षको अन्त्यमा आफ्नो १४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारी गरिरहेको छ । इंटेलले १४ औं पुस्ताको सुरुवातका साथ कोर फैमिली सीपीयूहरूको नाम परिवर्तन गर्ने योजना समेत बनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले सरल नामकरणको माग गरिरहेका छन् । कोर आइ थ्री, आइ फाइभ, आइ सेभेन र आइ नाइन इन्टेल चिपका लागि परिचित नाम हुन् । अब यी चिप कोर अल्ट्रा ५, कोर अल्ट्रा ७ र कोर अल्ट्रा ९ को रूपमा चिनिने छन् ।

कोर आइ थ्री, आइ फाइभ, आइ सेभेन र आइ नाइन १५ वर्षपछि बन्द हुन लागेका हुन् । अब नयाँ चीपमा इंटेलले यसको स्टिकर र मार्केटिङमा जेनेरेशन नम्बरहरूलाई पनि प्राथमिकता नदिने जनाएको छ ।

प्रत्येक सिपियू टियरका लागि मात्र नभएर इन्टेल ईभो प्रमाणित ल्यापटपहरू र भि प्रो इन्टरप्राइज र भि प्रो एसेन्सियल बिजनेश योग्यताहरूका लागि पनि नयाँ ब्याज डिजाइनहरू सार्वजनिक गरिएका छन् ।