कीवर्डहरू -

विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?

विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?

बोस्टन कन्सल्टिंग ग्रुपले विश्वका सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ । बोस्टन कन्सल्टिंग ग्रुपले हरेक वर्ष मोस्ट इनोभेटिभ कम्पनीको सूची सार्वजनिक गर्दै आइरहेको छ ।

संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा विश्वको सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा एप्पल रहेको छ । उक्त मस्ट इन्नोभेटिभ कम्पनीको सूची अनुसार पहिलोमा एप्पल, दोस्रोमा टेस्ला, तेस्रोमा अमेजन, चौथोमा अल्फाबेट (गूगल), पाँचौमा माइक्रोसफ्ट रहेका छन् ।

त्यसैगरी छैटौँदेखि दशौँ स्थानमा क्रमशः मोडर्ना, सामसंग, ह्वावे, बिवाइडी र साइमेन्स परेका छन् । निरन्तर रुपमा चौथो पटक एप्पल विश्वकै शीर्ष इनोभेटिभ कम्पनी हुन सफल भएको छ । सबैभन्दा इन्नोभेटिभ सूचीको पहिलो स्थानमा सन् २०१९ बाहेक हरेक वर्ष सन् २००५ देखि एप्पल नै आउने गरेको छ ।

बोस्टन कन्सल्टिंग ग्रुपले  डिसेम्बर २०२२ देखि जनवरी २०२३ सम्म पोल सञ्चालन गरेको थियो, जसमा एक हजार ओटा कम्पनीहरुलाई समावेश गरिएको थियो ।

१ हजार कम्पनीहरुलाई विश्वव्यपी इन्भोटिभ अधिकारीहरुको मत, कम्पनीको आफ्नै उद्योगका कार्यकारीहरूबाट प्राप्त भोटहरूको संख्या, विभिन्न उद्योगहरूमा भोटहरूको विविधता सूचांक (डाइभरसीटी इन्डेक्स) र गत ३ वर्षको अवधिमा सेयर बाइब्याकसहित शेयरधनीलाई रिटर्नका आधारमा विश्लेषण गरी सूची तयार गरिएको हो । इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकी कम्पनीको वर्चश्व रहेको छ ।

शीर्ष दशमा परेका कम्पनीमा अमेरिकाका सबैभन्दा बढी अर्थात ६ वटा छन्, जसले एकदेखि ६ सम्मको स्थान ओगटेका छन् । अमेरिकापछि धेरै इन्नोभेटिभ हुने कम्पनीको देशमा चीन रहेको छ । शीर्ष दशमा पनि चीनका ह्वावे र बीवाईडी पर्न सफल भएका छन् ।

\"\"