कीवर्डहरू -

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आजभोलि स्मार्टफोन नबोक्ने एकदमै कम छन् । धेरैजसोको हात हातमा स्मार्टफोन पुगिसकेको छ । प्रत्येक वर्ष बजारमा विभिन्न ब्रान्डका नयाँ नयाँ स्मार्टफोन आइरहेका हुन्छन् ।

हामीलाई पनि नयाँ नयाँ फोन किन्न मन लागिरहेको हुन्छ । प्रायः २-३ वर्षमा नयाँ मोबाइल किनिरहेका हुन्छौं । कहिलेकाही मोबाइल किन्नका लागि बजेट थोरै हुन्छ । यस्तो अवस्थामा हाम्रो ध्यान महंगो मोबाइलमा जान्छ ।

फिचरमा धेरै फरक नभएपनि स्मार्टफोन बजेट बढिरहेको हुन्छ, जुन फोन हामीले नकिन्दा पनि धेरै फरक पर्दैन् । त्यसैकारण हामीले नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने हुन्छ ।

यदी तपाईको बजेट कम छ स्मार्टफोजन किन्दा केही ध्यान पुर्‍याउनु पर्ने हुन्छ, जुन आज हामी जानकारी दिदैछौं ।

आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने

धेरैजसो स्मार्टफोनहरूको रकममा २ हजारको अन्तर राखिएको हुन्छ । यसले गर्दा ग्राहकले अलि बढी खर्च गर्छन भन्ने कम्पनीहरुको मनसाय हुन्छ ।

धेरै फिचर नथपेर मूल्य मात्रै बढाइएको हुन सक्छ, त्यसकारण यस्तो कुरामा राम्ररी मूल्याकंन गर्नुपर्छ । आफूले १५ हजारदेखि २० हजारसम्मको फोन किन्ने योजना बनाइएको छ भने जसरी पनि त्यति भित्रमै किन्न कोसिस गर्नुपर्छ ।

सबै मिड रेन्ज प्रोसेसर एकै समान चल्छन्

क्वालकम स्नापड्रागन ७३० जी र ७३२ जीमा खासै फरक छैन् । त्यस्तै मध्यम वर्गका प्रोसेसर पनि एकै समान चल्ने गर्दछन् ।

क्वालकमको पाँच थरीको मोबाइल प्रोसेसर छन् । त्यसमा स्नापड्रागन ८, ७, ६, ४, २ सिरिज प्रोसेसर रहेका छन् । यसमध्य सबैभन्दा शक्तिशाली भने ८ सिरिजको रहेको छ ।

फोनमा तीन वा पाँच ओटा क्यामेराले कुनै फरक पार्दैन्

पाँच ओटा क्यामेरा भए पनि धेरैजसो फोनले एउटा या दुइटा मात्रै सेन्सर प्रयोग गरिरहेका हुन्छन् । कुनै पनि फोनले पाँच ओटै क्यामेरा एकै पटक प्रयोग गरेर फोटो खिच्ने गर्दैनन् । त्यसैले क्यामेरा धेरै हेरेर फोन किन्नु कुनै आवश्यक हुदैन् ।

समयसँगै ब्याट्री लाइफ पनि घट्दै जान्छ

कम्पनीहरूले जति नै राम्रो ब्याट्रीलाइफ दिने बाचा गरेपनि समयसँगै ब्याट्रीलाइफ घट्दै जान्छ । ६ महिना पछि नै घट्ने प्रक्रिया सुरु हुन थाल्छ ।

त्यसैगरि फोन पनि दिनकै चार्ज गर्नु परि नै हाल्छ । त्यस कारण ब्याट्रीको आकार केही एमएएच बढ्ने बित्तिकै महङ्गो फोन किन्नुपर्छ भन्ने छैन् ।

धेरैजसो १५ महिना पछि फेरि नयाँ फोन किन्ने रहर लाग्छ

नयाँ मोडेल आएकाले होस या नराम्रो परफर्मेन्सको कारण होस् वा झ्याऊ लागेर होस् । केही समयमै नयाँ मोबाइल किन्न मन लाग्न सक्छ । त्यही कारणले नयाँ फोन किन्नु पूर्व यो ध्यान दिनुपर्छ ।