कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता 

डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता 

डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ ।

डिजिटल रुपान्तरणको प्रयास स्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरू एकैठाउँमा उपस्थित हुनेछन ।

शुक्रबार ह्वावे नेपाल कार्यालयमा भएको सम्झौतामा ह्वावे नेपालका सिइओ हवांङ जुन र आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ असार ८ र ९ गते सोल्टी काठमाडौँमा आयोजना हुँदैछ । कन्क्लेभमा नेपालसहित दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेश, अमेरिका लगायतबाट प्रस्तुतिको लागि विज्ञहरुको उपस्थिति हुनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रि-इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । यसवर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ ।

‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाइ सघाउ पुर्याउने गरि फाउन्डेसनले गतवर्षदेखि सुरु गरेको बृहत सम्मेलन हो ।

कन्क्लेभसंगै ह्वावेले मोबाइल नेपाल कंग्रेशको पनि आयोजना गर्दैछ, जहाँ फाईभजी, एआइ लगायतका नयाँ प्रविधिहरुको बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ ।

ह्वावे मोबाइल नेपाल सम्मेलन  जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ ।