कीवर्डहरू -

डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न

डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न

फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई  असार १ गते  शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धि वर्कशप कार्यशाला सम्पन्न गरेको छ।

सो कार्यशालामा स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए  । उनले नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा आफ्नो कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

प्रथम सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इकोसिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङ् सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा  सेटिङ् अप डिजिटल बैकिङ् प्रस्तुतिकरण साथै डिजिटल बैकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो ।

सो एकदिने कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५:३० बजेसम्म सञ्चालन भएको थियो।  डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलन राज नेपालीले जानकारी दिए ।

नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।