कीवर्डहरू -

एनसेलको नयाँ अफर, २५ रूपैयाँमा अनलिमिटेड भ्वाइस प्याक सुविधा

एनसेलको नयाँ अफर, २५ रूपैयाँमा अनलिमिटेड भ्वाइस प्याक सुविधा

एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल-नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको जनाएको छ ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहिबार (जेठ ३२) बाट संचालनमा आएका हुन् ।

आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल-नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन-नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन-नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।

१ दिने अल-नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु २५ मा बिहान ५ बजे देखि साझँ ५ बजे सम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

ग्राहकहरुले सजिलै *१७११८*१*५# डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी *१७११८*३# डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन-नेट अनलिमिटेड टकटाइम कर सहित मात्र रु ३० मा सुचारु गर्न सक्छन् ।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन-नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको कर सहित रु १५० पर्दछ । ग्राहकले *१७११८*४*३# डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ । अल-नेट होस् वा अन-नेट जुन सुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।