कीवर्डहरू -

ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्दै सामसङ

ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्दै सामसङ

सामसङ्गले अर्को महिना कोरियाको सोलमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोनको साथमा ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्ने भएको छ ।

रिपोर्टहरूका अनुसार ग्यालेक्सी वाच ६ र वाच ६ क्लासिकको स्पेसिफिकेशनहरू अनलाइन देखा परेका छन् र फोनको बारेमा केही विशेषताहरु पनि बाहिर आएको छ ।

यदि रिपोर्टलाई विश्वास गर्ने हो भने, ग्यालेक्सी वाच ६ ४० एमम र ४४ मिलिमिटर केस आकारहरूमा उपलब्ध हुनेछ । यसैबीच, वाच ६ क्लासिक मोडेल ४३ मिलिमिटर र ४७ मिलिमिटर आकारमा आउन सक्छ । ग्यालेक्सी वाच ६ र वाच ६ क्लासिकका केही तस्बिरहरू अनलाइनमा देखा परेका छन् ।

तस्वीरका आधारमा, ग्यालेक्सी वाच ६ सिल्भर, कालो र क्रीम रंगहरूमा सार्वजनिक गरिने छ । ग्यालेक्सी वाच ६ क्लासिक, यसबाहेक दुई रङ विकल्पहरूमा देख्न सकिनेछ, जुन कालो र सिल्भर हुन् ।

ग्यालेक्सी वाच ६ र वाच ६ क्लासिकका विशेषताहरू

सामसंग ग्यालेक्सी वाच ६ मा ४० मिलिमिटर र ४४ मिलिमिटर केस आकारका दुई संस्करणहरू उपलब्ध हुनेछन् । यी स्मार्टवाच वाईफाई र एलटीइ विकल्पहरूमा उपलब्ध हुन सक्नेछन् ।

सामसंगले यसको इन–हाउस एक्सीनोस डब्लु ९३० चिपको साथ ग्यालेक्सी वाच ६ लाइनअप सुरू गर्न सक्ने छ । यसबाहेक, स्मार्टवाचमा ५ एटिएम वाटर रेजिस्टेन्स रेटिङ हुने रिपोर्टमा उल्लेख छ ।

सामसङ्गले जुलाईको अन्त्यमा ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी वाच ६ लाइनअप प्रस्तुत गर्न सक्ने बताइएको छ ।

ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ पनि सोलमा हुने कार्यक्रममा सार्वजनिक गरिने छ । ग्यालेक्सी ट्याब एस ९ पनि कार्यक्रमको समयमा घोषणा गरिने अपेक्षा गरिएको छ ।