कीवर्डहरू -

आइएमई पेबाट एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेबाट एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ ।

असार ३ देखि आइएमई पेले सुरू गरेको एयरलाइन्समा क्यासब्याकको अफर एक हप्ताको लागि चल्ने छ । सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।