गूगलले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न चेतावनी दिएको छ । बार्ड लगायतका एआई च्याटबर्डसँग गूगलले गोप्य जानकारी शेयर नगर्न चेतावनी दिएको हो ।
गूगलको चेतावनीले सुरक्षा र गोपनीयतामा एआईलाई टुललाई विश्वास गर्न नसकिने देखाएको छ । एआई च्याटबर्ड बार्ड गूगल आफैले निर्माण गरेको हो । त्यसो त गूगलले दिएको यो चेतावनी कुनै नयाँ कारण भने होइन् ।
यसअघि चकलेट उद्योगले पनि प्रयोगकर्तालाई बार्डसँग कुराकानी गर्दा संवेदनशील जानकारी समावेश नगर्न भनेको थियो ।
अन्य ठूला फर्महरूले समेत आफ्ना कर्मचारीलाई कागजात वा कोड लिक नगर्न चेतावनी दिएका छन् भने एआई च्याटबट प्रयोगमा रोक लगाएका छन् ।